काठमाडौं । आज सिटी होटलको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ ।
सिटी होटलले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो । होटलले सर्वसाधारणको लागि भने वैशाख २५ गतेदेखि आईपीओ बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।
सिटी होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । जसअनुसार प्रति सेयर १ सय अंकित मूल्यमा १६ लाख ७४ कित्ता सेयर निष्कासन गरेको र सो मध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय सेयर निष्कासन गरेको छ ।


