काठमाडौं । आजबाट मोदी इनर्जी लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन बिक्री खुला गरेको छ ।
कम्पनीले जारी पुँजी दुई अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ७२ करोड ५० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ७२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो ।
जसमध्ये २९ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बाँडफाँट गरिसकेको छ । कम्पनीले चार लाख ३५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा गएका नेपालीलाई बाँडफाँट गरिसकेको छ ।
कम्पनीले तीन लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र एक लाख २८ हजार ९१० कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरेको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।


