काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजा महेन्द्रलाई एउटा पूर्व पश्चिम राजमार्ग निर्माण गरेकै भरमा राष्ट्रवादी भन्ने गरिएकोप्रति असन्तुष्टि जनाएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला त्यस्ता चार वटा राजमार्गहरू निर्माण बताउँदै उनले ओली बढी राष्ट्रवादी र विकासप्रेमी रहेको जिकिर गरे। अध्यक्ष ओलीको पालामा एक सय वर्षमा हुन नसकेको जलविद्युत विकासको काम पूरा भएको उनको भनाइ थियो।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा आयोजना भएको दंगाली कम्युनिष्ट नेता स्वर्गीय श्रीमनी आचार्यको १४ औँ सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा दाङमा विकासको लहर नै ल्याएको चर्चा पनि गरे । महासचिव भएपछि पहिलो पटक गृह जिल्ला दाङमा आएका नेता पोखरेलले भने( ‘कुनै जमाना थियो, बाटोमा डोजर गुडाउँदा पनि विकासप्रेमी नेताको संज्ञा दिइन्थ्यो,’ उनले भने, ‘आज हिजो हामीले उनीहरूले खोलेको ट्र्याकहरू सबै कालोपत्रे गरेका छौँ, तै पनि हामीले विकासप्रेमी भन्न किन नसक्ने।’
पोखरेलले प्रचण्ड र नेपाललाई अवसरवादको संज्ञा दिँदै आगामी निर्वाचनमा उनीहरूको प्रवृत्तिका विरुद्धमा उत्रन आह्वान गरे ।