काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आज सुर्खेत जाने भएका छन् ।
अध्यक्ष नेपाल आज नेकपा एसको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल सुर्खेत जान लागेका हुन् ।नेपालले आज सुर्खेतमा प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एस सुर्खेतका अध्यक्ष मोहन बडूवालले बताए ।


