काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेको विचारसँग प्रतिस्पर्धा गर्ने तागत कसैसँग नरहेको दाबी गरेका छन् । एमालेसँग अन्य कुनै पार्टीले वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने उनले बताए
प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलवार लुम्बिनीमा सम्बोधन गर्दै उनले एमाले बाहेकका दल विचारविहीन रहेका टिप्पणी गरे ।
उनले कांग्रेस र माओवादी नीति, विचार र नेतृत्वमा कमजोर रहेको टिप्पणी गर्दै विधिको कुरा गरेर पार्टी विभाजन गरेका माधवकुमार नेपाल सबैभन्दा बढी विधि मिच्ने नेताको रूपमा अग्रसर रहेको आरोप लगाए ।