काठमाडौं । गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अहिलेसम्म ३८६ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ। सबैभन्दा बढी स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ भने दोस्रोमा नेकपा एमाले र तेस्रोमा नेकपा माओवादी केन्द्र रहेका छन् ।
अहिलेसम्म कांग्रेसले १७८ स्थानीय तहमा जित हासिल गरेको छ भने एमालेले ११४ स्थानीय तहमा बाजी मारेको छ। यस्तै, माओवादी केन्द्रले ७३ र एकीकृत समाजवादीले ५ स्थानमा जित हासिल गरेका छन्।