काठमाडौं। आजबाट तीन दिनसम्म मनसुन थप सक्रिय हुनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
आज प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
पूर्वी नेपालका केही स्थानमा गए रातिदेखि भारी वर्षा भइरहेको छ। झापाको भद्रपुर, बिर्तामोड, शनिश्चचरे, दोमुखा– कन्काई र आसपास भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।


