काठमाडौं । आज देशको पश्चिमी क्षेत्रमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुनसक्ने मौसम विभागले बताएको छ ।
आज बिहान ६ बजे मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (दिनमा) सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको हो। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका पनि उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
यस्तै राति (साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म) पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका पनि उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ।


