काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आजदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागु भएको छ।
चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ।


