काठमाडौं । आफ्नो पार्टीविरुद्ध नेपाली कांग्रेसले चुनावी गठबन्धन गर्ने निर्णय गरेपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) पार्टीका स्थानीय तहका अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् ।
उनले दिउँसो २ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका हुन् । स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी खट्न निर्देशन दिनेछन् ।
पछिल्लो समय देश दौडाहामा रहेको अध्यक्ष ओली वर्तमान सत्ता गठबन्धनसँग एमाले एक्लै काफी छ भन्दै हिडेका छन् । यसमा उनले चुनावी रणनीतिबारे पनि पालिका अध्यक्षहरुलाई विशेष निर्देशन दिने बुझिएको छ ।