काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आज बजेट पेश गर्दे यसबारे जानकारी दिएका हुन् । गत वर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । यो बजेट गत वर्षको भन्दा १ खर्ब ६१ अर्ब रुपैयाँले बढी हो । बजेटमा समावेश गरिएका कार्यक्रमहरु सस्तो लोकप्रियताको लागि गरिएको। स्रोत भन्दा बढी आकारको बजेट ल्याएको कतिपयको आँकलन छ ।