काठमाडौं । आज एसीसी यू–१६ इस्ट जोन कप उपाधिका लागि नेपाल र मलेसियाबीच क्रिकेट प्रतिस्पर्धा हुँदैछ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सो फाइनल खेल हुनेछ । जसअनुसार अहिले बिहान ७ः १५ बजेबाट सुरु हुनेछ ।
नेपालले यसअघि दुई वटा उपाधि हासिल गरिसकेको छ । आज पनि नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न उद्देश्यसहित मैदानमा उत्रन लागेको हो ।
यसअघि भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो भने हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।


