काठमाडौं । एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकहरुले मोबाइल बैंकिंग एप प्रयोग गरी हेटौंडा खानेपानीको महशुल घरै बसी अनलाइन तिर्न सक्ने व्यवस्था मिलाएको छ ।
हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाको नगर प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् सो कार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष श्री प्रताप बिष्टबीच सम्झौता आदानप्रदान भएको थियो । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक
अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १६७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत
उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।