काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा आफ्नो परिवारलाई मुछ्नु लोकतन्त्र र गणतन्त्रमाथिको हमला भएको बताएका छन् ।
उनले मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले गंगा दाहालमाथि उठिरहेको प्रश्नको बचाउ गर्दै यस्तो बताएका हुन् ।
‘मेरो परिवारका सदस्य घट्दै गएर तीन जना रहेका छौं। त्योमध्ये एउटा भरतपुर महानगरपालिकाको मेयर छ। हामी सबैलाई थाहा छ। ऊ उतै बढी इंगेज हुन्छ। एउटा छोरी छ। बिचरा, त्यो कस्ती छ, तपाईंहरूले थाहा पाउनुभएकै छ। उसलाई जोडेर बनाएको छ। उचालेको छ’, उनले भने, ‘म के ठान्छु भने यो वास्तवमा संविधान, व्यवस्था, गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला हो। म एकदम प्रष्ट छु त्यसमा।’