काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नो पार्टीको विचार सबैभन्दा राम्रो भएको दावी गरेका छन् ।
उनले सोमबार कावासोती नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसले विकास निर्माणका केही गर्न नसक्ने बताए ।
उनले भने, ‘कांग्रेसले केही गर्न सक्दैन। विकास गर्दैन। कांग्रेसले सरकार चलायो भने यो मुलुकको दुर्गति हुन्छ। अर्को पार्टी छ माओवादी त्यसले कुनै क्रान्ति गर्दैन। त्यसैले आजको दिनमा कांग्रेस र माओवादी ‘कु’ पात्र, एमाले ‘सु’ पात्र ।’


