काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली गफाडी भएको संज्ञा दिएका छन् ।
अध्यक्ष नेपालले विहीबार जनकपुरधाममा पार्टीको मधेश प्रदेश कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओली अहिले देशभर गफ दिँदै हिँडेको टिप्पणी गरेका हुन् ।
ओलीले कहिले नेपालमा पानी जहाज चलाउने त कहिले रसुवामा रेल पुग्नेलगायत कुराहरू गरेर गफ दिने काम गर्दै आएको उनले आरोप लगाए ।
अध्यक्ष नेपालले ओलीमा चार किसिमको अहंकार प्रवृत्ति देखिएको पनि बताए । ओलीमा व्यक्तिवादी, निरंकुशतावादी, दक्षिणपन्थी, अवसरवादी र आत्मसमर्पणवादी प्रवृत्ति देखिएको आरोप लगाए ।