काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६३ वटा जिल्ला अधिवेशनको भर्चुअल रुपमा उद्घाटन गरेका छन् ।ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट एकसाथ जिल्ला अधिवेशनको उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा ओलीले सकेसम्म सहमति गर्न जोड दिए । उनले सहमति र एकतावद्ध भएर सहमतिमा पुग्न र सहमति नभएर निर्वाचनमा जान पनि आग्रह गरे ।
गत मंसिरमा सम्पन्न गरेको एमालेले आज जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।
यस्तै एमालेले माघमा प्रदेश अधिवेशन गर्ने तयारी थालेको छ ।