काठमाडौं ओलीले बाबुरामलाई निशाना बनाएर बोलेको कुराले राजनीति वृतमा तरंग पैदा गरेको छ । यसैबीच, ओलीले बाबुराममाथि उठाएको प्रश्नलाई भ्रमपूर्ण भन्दै आलोचना भइरहेका बेला सत्यतथ्य बाहिरिएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी ओलीले बावुराम भट्टराई र उनका सन्तानको शिक्षाका बारेमा उठाएका प्रश्नले अहिले निकै चर्चा पाएको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रवृतीगत रुपमा बावुराम र उनकी छोरीको बिषय उठाएका थिए । जनताका छोराछोरीलाई बन्दुक बोकाएर मर्न हिँडाए पनि बावुरामहरुका छोराछोरी त विदेशमा महंगो शिक्षा लिइरहेका थिए भन्ने भावले ओलीले बोलेको कुराले निकै हंगामा मच्चिएको छ ।
बावुराम स्वयमंले पनि आफ्नी छोरी मानुषी बेलायत पढ्न नगएको भनेर झुटो दाबी पेस गरेका छन् भने उनकी छोरी मानुषीले पनि ओलीको अभिव्यक्तिको बिरोध गरेकी छिन् ।
बावुराम माथी बोलिएको कुरामा माओवादी केन्द्र र नेकपा एसका कार्यकर्तालाई पनि उखरमौलो भएको छ उनीहरुले पनि विरोध गरिरहेका छन् । तर वास्तवितकता भने उनीहरुले भने भन्दा फरक भेटिएको छ ।
मानुषी यमी भट्टराई श्रेष्ठले प्रारम्भिक शिक्षाको शुरुवात काठमाडौंकै स्वर्णीम स्कूलबाट थालनी गरेकी हुन्। नर्सरीदेखि केजीसम्म त्यहाँ पढेपछि १ र २ कोटेश्वरस्थित नवज्योति स्कूलमा पढिन्।
आमा हिसिला यमी उच्च शिक्षा आर्जन गर्नका लागि बेलायत गएपछि उनको पढाई बेलायतबाट अघि बढ्यो। बेलायतमा २ वर्ष बस्दा उनले कक्षा ३ र ४ को पढाई पूरा गरिन्। उनले बेलायतमा न्यूक्यासलस्थित क्राइस्ट चर्च स्कूलमा पढेकी हुन्।
उनले कक्षा ५ काठमाडौंमै पढिन्। मानुषीले कक्षा ६ र ७ भारतको नैनीतालको सेन्ट जोन्स् स्कूलबाट पूरा गरिन्। कक्षा ८ देखि १० सम्म दार्जीलिङ पेदोङस्थित सेन्ट जर्जेज् स्कूलबाट पूरा गरेकी मानुषीले कक्षा ११ र १२ को पढाइचाहिँ नयाँ दिल्लीस्थित नवयुग स्कूलबाट पूरा गरेकी मानुषीले स्नातक भारत र स्नातकोत्तर नेपालबाट गरेकी हुन् र जे एन युनिभर्सिटीबाट अहिले विद्यावारिधि गरिरहेकी छिन्।