काठमाडौं । आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिँदैछन् ।उनले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिन लागेका हुन्
४० सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ सदस्य छन् । केही समयअछि मात्रै वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले विश्वासको मत लिएका थिए । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकारमा पनि यसको प्रभाव परेको हो ।


