काठमाडौं । आज देशका धेरै स्थानमा मौसम बदली रहने विभागले बताएको छ । आज पहाडी भू–भागमा आज आंशिकदेखि सामान्य बदली रही तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार भारतको विहारमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावले केही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना देखिएको हो।
महाशाखाले आज बिहान जारी गरेको विज्ञप्तिमा प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।


