काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनदेखि निरन्तर परिरहेको झरी आजबाट केही कम हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसमविद् गोविन्द झा भन्छन् “मनसुनी प्रणाली कमजोर भएकाले हिजो अस्तिको जस्तो आज झरी पर्दैन । आजबाट मौसममा सुधार हुँदै जानेछ । तर अब पानी नै पर्दैन भन्ने होइन,” , “मनसुनी प्रणाली जारी रहेकाले जुन सुकै बेला पुनः ठूलो वर्षा हुने सम्भावना भने कायम रहन्छ ।”
औसत मिति अनुसार तीन दिन अगाडि नै नेपालबाट मनसुन बहिरिनु पर्ने हो । तर अझै केही दिन यो प्रणाली नेपालमा रहने मौसमविद् झा बताउँछन् । अहिलेसम्म नेपालबाट मनसुन बाहिरिनेक्रम सुरु भइसकेको छैन । पश्चिमबाट पूर्वतर्फ सर्दै नेपालबाट मनसुन बाहिरिन्छ । तर, यो प्रक्रिया नै सुरु भएको छैन ।


