काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर विजयी भएलगत्तै बालेन साहले काठमाडौंको फोहोर विसर्जन क्षेत्र सिसडोलको स्थलगत अवलोकन गरेका छन् । । उनले काठमाडौंको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने बताएका छन् ।
काठमाडौंको मुख्य समस्याको रुपमा रहेको फोहोरमैला ब्यवस्थापन झन् झन् चूनौतिपूर्ण बन्दै गएको छ । यसमा प्रदेश सरकार र संघीय सरकारले पनि काठमाडौं महानगरलाई सहयोग गर्नुृपर्ने सरोकालाहरुको भनाइ छ । मेयर साहले पनि आफ्नो चुनाबी प्रतिवद्धतापत्रमा यसलाई सम्बोधन गर्ने उल्लेख गरेका थिए । उनले स्थानीयहरुसँग छलफल गरेर अगाडि बढ्न आफू तयार रहेको बताए ।