काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनी सरुवा हुने भएका छन्।
कात्तिक २५ गते रबिन्द्रबहादुर धानुकले अनिवार्य अवकास पाएपछि रिक्त रहेको उपत्यका प्रहरी प्रमुखमा सरकारले उनलाई काजमा पठाउने निर्णय गरेको हो।
प्रहरी प्रधान कार्यालयमा कार्य विभाग र अपराध अनुसन्धान विभागमा कार्यरत लोहनीलाई सरकारले महत्वपूर्ण मानिने कार्यालयको जिम्मेवारी दिएको हो। एआईजीका लागि सबैभन्दा रोजाईको पोष्टिङ यहाँ मानिन्छ।


