काठमाडौं । आज पनिविदेशी विनिमय मुद्राहरु नेपाली रुपैयाँको तुलनामा अझै बलियो देखिएका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ ६८ पैसा पुगेको छ भने बिक्री दर १२० रुपैयाँ २८ पैसा छ।
त्यस्तै युरो १ को खरिद दर १३८ रुपैयाँ ४६ पैसा र बिक्री दर १३९ रुपैयाँ १५ पैसा रहेको छ। यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ ९२ पैसा पुगेको छ भने बिक्री दरचाहिँ १६३ रुपैयाँ ७४ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ।


