काठमाडौं । पछिल्लो केही दिनदेखि कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्धित निकायहरुलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्।
बैठकमा प्रधानमन्त्री देउवाले कोरोनाविरुद्धको भ्याक्सिन अभियानलाई तीव्र पार्न, अस्पतालहरुलाई तयारीमा अवस्थामा राख्न, कोरोना परीक्षणको दायरा बढाउन निर्देशन दिएका हुन्। सीसीएमसीको बैठकमा बोल्ने अधिकांश ब्यक्तिले भारतमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्या
मा उल्लेख्य मात्रामा बृद्धि भएकोले खुला सीमानाका कारण नेपाल पनि उच्च जोखिममा परेको बताएका थिए । सीमानाकाहरुमा चेकजाँचलाई थप प्रभावकारी बनाउने पर्नेमा सबैको जोड थियो ।