काठमाडौं ।सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आज बस्ने बैडकले राष्ट्रियसभा अध्यक्षको उम्मेद्वार टुंगो लगाउने भएको छ । पदाधिकारी बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
नयाँ सत्ता समीकरण बनेपछि माओवादीले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने सहमति छ ।
पछिल्लो निर्वाचन परिणाम अनुसार राष्ट्रियसभामा माओवादी सबैभन्दा ठूलो दल बनेको छ ।
अध्यक्षको उम्मेदवारमा माओवादीबाट वर्तमान उपाध्यक्ष उर्मिला अर्याल तथा सदस्यहरु झक्कुप्रसाद सुवेदी र नारायण दाहालको दावी छ ।


