काठमाडौं चाडपर्वलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ बाट संचालनमा ल्याएको सहुलियत पसलबाट हालसम्म साढे २४ लाख रुपैयाँको खाद्यान्न बिक्री गरेको छ ।
कम्पनीले उपत्यकामा रहेका चारवटा बिक्री कक्ष र अनलाइन अर्डरमार्फत खाद्यान्न बिक्री गरिरहेको छ । सबैभन्दा धेरै थापाथलीको धान गोदामबाट सबै खाद्यान्न सबैभन्दा धेरै बिक्री गरेका् छ ।
सात दिनमा कुल १५ हजार ९ सय केजी चामल बिकेको हो । जसमा धान गोदाम थापाथलीबाट मात्र १० हजार ६ सय ३७ केजी चामल बिक्री भएको छ । यस्तै, नख्खु बिक्री कक्षबाट १९ सय ३९ केजी भक्तपुरबाट ५ सय ९० केजी रामशाहपथबाट १७ सय ४० केजी रहेको छ ।
यो वर्ष कम्पनीले सहुलियत पसलमा १० थरिका चामल बिक्रीका लागि राखेको छ । यसमा मकवानपुरे मोटो चामलको बिक्री सबैभन्दा बढी छ ।
त्यस्तै, कर्णालीको सिमी, क्वाँटी मुग खोस्टा दाल, मुसुरो दाल, मास दाल लगायतको व्यापार भने सामान्य छ । धान गोदामबाट थापाथली (६०९० केजी), रामशाहपथबाट २ सय ७४ केजी र अनलाइबाट भएको १ सय १२ केजी दाल बिक्री सबैभन्दा धेरै बिकेका आउटलेटहरु हुन् । दालमा मासको सबैभन्दा धेरै बिक्री भएको छ ।