काठमाडौं । कपिलवस्तु जिल्लाको गोरुसिंगेमा रहेको नेपाली सेनाको शमशेर दल गणमा गोली लागेर गम्भीर घाइते भएकी सैनिक जवानको उपचारको क्रममा मृत्यु भएको छ ।
गणको भित्री पोस्टको ड्युटीमा रहेकी कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
राजवंशी गोली लागेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् । गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको थियो ।
झापाको गौरादह नगरपालिका–१ घर भएकी २४ वर्षीया राजवंशी आफैंले गोली चलाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।