काठमाडौं चाइल्ड वेलफेयर नेपाल (सिडब्लुएन) को वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिका वडा नं २० वडाध्यक्ष राजेन्द्र मानन्धरले संस्थाका अध्यक्ष सामाजिक लेखापरीक्षण धेरै सङ्घसंस्था गरिएको देखिँदैन । आज यस संस्थाले वार्षिक साधारण सभासँगै सामाजिक लेखापरीक्षण पारदर्शिता रूपमा गरेकोमा खुसी लागेको बताए । उनले दातृ निकायले विपन्न वर्गका व्यक्तिलाई सहयोगी गरिसकेपछि त्यसको परिणाम र उपलब्धि कस्तो आयो ? त्यसमा पनि ध्यान केन्द्रित रहनु जरुरी रहेको बताए । उनले काठमाडौँ महानगरसँग कति बालबालिकालाई संस्थाहरूले सहयोग गर्दै आइरहेको तथ्याङ्क यकिन नभएको समेत जानकारी दिए ।
यसै गरी समाज कल्याण परिषद्को सदस्य सचिव मनोज भट्टले दातृ निकायले गरेका लगानी अर्थात् सहयोग ९स्रोत० सही ठाउँमा सदुपयोग भयो कि भएन‚ त्यो मूल्याङ्कन गर्नु आवश्यक रहेको बताए । उनले भने‚‘दातृ निकाय र सरकार एकसाथ भएर काम गरे सकेमा यो मुलुक गरिबी र शैक्षिक स्तरको सुधारोन्मुख हुनेछ।’
यस्तै संस्थाका कार्यकारी निर्देशक राजु खड्काले वार्षिक आयव्यय प्रस्तुत गरेका थिए । संस्थाको विधान अनुसार नै अघि बढेको बताउँदै यस वर्ष करिब एक करोडमाथिको शिक्षामा लगानी गरी सरकारलाई थप सहयोग गरेको बताए । उनले १९८ जनालाई माध्यमिक विद्यालयमा विपन्नता भएका विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग गरेको जानकारी गराए । त्यस्तै ३६ जना विभिन्न कलेजहरूमा अध्ययन गर्नाका लागि आर्थिक सहयोग गरेको कार्यकारी निर्देशक खड्काले बताए ।
त्यसै गरी संस्थाले उपत्यका बाहिरका विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री प्रदान गरेका छन् ।
वार्षिक साधारण सभाको सभाध्यक्ष एवं संस्थाका अध्यक्ष रामहरि खड्काले संस्थाले नेपालको शैक्षिक स्तरमा टेवा पुर्याउन हाम्रो संस्थाको पनि भूमिका रहेको बताए । उनले संस्थाको लक्षअनुरूप नै गतिविधिहरू गर्दै आइरहेको र १९० भन्दा बढी माध्यमिक तह र ५० भन्दा बढी उच्च माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्दै आइरहेको जानकारी दिएका छन् ।


