काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मृगौला फेरेर पनि बाँचेकोले विपक्षी दलहरुमा चिन्ता बढेको बताएका छन्। ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनलाई आइतवार सम्बोधनका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
अहिले विपक्षी दुई कारणले चिन्तित छन् भन्दै उनले भने, किड्नी फेरेर पनि म बाँचेकाले विपक्षीको चिन्ता बढेको रहेछ उनले अगाडि थपे, किड्नी फेर्यो मरेन, अर्को रोग लाग्यो मरेन भनेर उनीहरु चिन्तित भएका रहेछन्। यसमा म के गरौँ।
उनले आफूलाई जनता र कार्यकर्ताले बा का रुपमा माया गरेको पनि बताए। ुकार्यकर्ता र जनताले मलाई धेरै माया गरेका छन् उनले भने, म बाँचेकैमा चिन्तित छन् त म के गरुँ। मलाई एउटा बुवाको रुपमा, साथीका रुपमा दिएको विश्वास एक थोपो पनि तलमाथि पर्ने छैन।


