काठमाडौं । माओवादीका नेता दुर्गा प्रसाईं केपी शर्मा ओली नेतृत्वको एमालेमा प्रवेश गरेका छन् । बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईं ४ हजार कार्यकर्तासहित नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
झापाको बिर्तामोडस्थित उनको बीएण्डसी अस्पताल छ ।
प्रसाईले यसअघि नेकपा माओवादी भएको बताउने गरेका थिए ।
झापाबाटै माओवादी पत्तासाफ गर्ने जिम्मा आफ्नो भएको उनले बताए । उनले टाउकाको मोल तोक्ने शेरबहादुर देउवा र कम्युनिस्टको वर्गशत्रु रहेको काँग्रेससँग माओवादीले घाँटी जोडेकाले पार्टी छोड्ने निर्णयमा पुगेको दावी गरे ।
प्रसाईं यसअघि असोजमा काठमाडौमा सम्पन्न नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा पनि सहभागी थिए । प्रसाईंको यो निर्णयले माओवादीलाई धक्का लागको छ ।