काठमाडौं । आज बिहानैदेखि देशभर चिसो बढेको छ । न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेकाले यस्तो भएको मौसम महाशाखाले जनाएको छ । तराईमा बिहानदेखि बाक्लो हुस्सु लागेको छ।
दिउँसो प्रदेश १ र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। प्रदेश १ र सुदूरपश्चिमका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


