काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा चयन भएका छन्। आज बसेको एशोसिएसनको बैठकले उनलाई वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन गरेको हो।
यसैगरी एशोसिएसनको उपाध्यक्षमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र लक्ष्मी समूहका कार्यकारी निर्देशक निराकार श्रेष्य चयन भएका छन्।
यस्तै एशोसिएट उपाध्यक्षमा जानकी अटोमोबाइल्स एशोसिएसन अफ नेपालबाट तेजनारायण साह र सुदुर पश्चिम अटोमोबाइल्स डिलर्स एशोसिएसनको तर्फबाट पुष्करराज ओझा चयन भए।
एशोसिएसनको महासचिवमा एसटीसी इन्ड्रष्ट्रिजका सुरेन्द्रकुमार उप्रेती चयन भएका छन्। सचिवमा भने चुनाव भएको थियो। गणपति टायर इन्टरनेशनलका विक्रम सिंघानिया र साइमेक्स इंककी यमुना श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो। सिंघानिया एकमत बढी ल्याएर सचिवमा निर्वाचित भए।
कोषाध्याक्षमा रिसिक अटोमोबाइल्सका मिलनबाबु मल्ल दोहोरिएका छन्।