काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आज (मंगलबार)देखि टोल फ्रि नम्बर सञ्चालनमा ल्याउने भएको छ । आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो ।
आयोगका सहसचिव एव प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो कार्यका लागि खटिने जनशक्तिलाई अभिमुखीकरण तालिम सम्पन्नसमेत भएकाले आजवाट कल सेन्टर सञ्चालनमा आउन लागेको हो । आयोगले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत छनोट गरिसकेको छ ।