काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ। आयोगले निर्धारण गरे अनुसार स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखका उम्मेदवारले एक हजार ५ सय रुपैयाँ धरौटी राख्नुपर्नेछ ।
यसैगरी वडाध्यक्षले एक हजार रुपैयाँ र वडा सदस्यले पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ। महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारलाई भने धरौटीमा ५० प्रतिशत छुट दिइएको छ।