काठमाडौं । नेकपा माओवादीको केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डले निरन्तरता पाएका छन्। उनी अध्यक्षमा निर्वाचित भएको घोषणा निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले गरेका छन्।
सानेपा हाइटस्थित हेरिटेज पार्टी प्यालेसमा जारी आठौं महाधिवेशनपछिको पहिलो बैठकबाट प्रचण्ड अध्यक्षमा निर्वाचित भएका हुन्। उनलाई अध्यक्षमा निरन्तरता दिन नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्ण बहादुर महराको समर्थन मिलेको थियो।
प्रचण्ड केन्द्रीय समितिको सर्वसम्मतिले आठौँ महाधिवेशनबाट पार्टी अध्यक्ष्यमा निर्वाचित भएको माओवादी केन्द्रीय सदस्य युवराज दुलाल शरदले बताएका छन्।