काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्सेमा झिनो अंकले कमी आएको छ ।
आज शेयर बजजार परिसूचक नेप्से ३.४२ अंकले घटेको हो ।
आज २९२ कम्पनीका ३८ लाख ९६ हजार २ सय ८७ कित्ता शेयर किनबेच हूँदा १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८ सय ९४।६९ रुपियाँ बराबरको कारोबार भयो ।
आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ४६ लाख ३१ हजार ७ सय २३।४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ


