काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफू ‘सम्मान जनक बहिर्गमन’को पक्षमा रहेको सन्देश दिएका छन्।
आफ्नो राजीनामा माग्दै आन्दोलनरत न्यायाधीशहरुलाई सर्वोच्चकै न्यायाधीश मनोजकुमार शर्मामार्फत् उनले सम्मानजनक बहिर्गमन हुन चाहेको बताएका हुन्।
राणाको प्रस्तावबारे प्रष्ट्याउँदै सर्वोच्च स्रोतले भन्यो, ‘उहाँले कार्यकाल पूरा नगरी अपमानित ढंगले जान्नँ, सम्मानजनक रुपमा भएका कमी कमजोरीलाई सुधार्दै पूरा कार्यकाल काम गरेर जान्छु भन्ने सन्देश दिनुभएको हो।’
आइतबार प्रधान्यायाधीश राणाको उक्त प्रस्तावबारे न्यायाधीशहरुबीच छलफल भएको छ।
राणाले प्रस्ताव गरेको ‘सम्मान जनक बहिर्गमन’बारे प्रष्ट हुन र कुरा गर्न न्यायाधीश सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको तीन सदस्यीय वार्ता टोली बनाएको छ। तीन सदस्यीय वार्ता टोलीले प्रधानन्यायाधीश राणासँग छलफल गरेको छ।