काठमाडौं । आज देशका पहाडी भेगमा मेघगर्जनरचट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थान र देशका बाँकी पहाडी भेगका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार देशका बाँकी पहाडी भेगका एक दुई स्थान भन्नाले गण्डकी, कर्णाली र सुदूरपश्चिमबाहेक प्रदेशका पहाडी भेगका जुनसुकै एक दुई ठाउँमा पानी पर्नसक्छ भनिएको हो। थोरै स्थान भन्नाले एक दुई स्थानभन्दा बढी भन्ने बुझ्नुपर्छ।
‘आज तुलनात्मक रूपमा चाहिँ काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना कम छ’, मौसमविद् अधिकारीले भने, ‘तर पनि अपराह्नतिर क्षणिक वर्षा हुनसक्छ।’


