काठमाडौं । पूर्वमन्त्री था नागरिक अगुवा डा. मथुरा प्रसाद श्रेष्ठको निधन भएको छ। ८८ वर्षीय उनको आज बिहान सवा ४ बजे अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उनी ०४७ सालको अन्तरिम सरकारका स्वास्थ्यमन्त्री रहेका थिए । उनको सोमबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने जनाइएको छ।
विदेशमा रहेका छोराछोरीको आग्रहमा श्रेष्ठको पार्थिव शरीर शिक्षण अस्पतालको शवगृहमा राखिएको छ।


