काठमाडौं । निर्वाचनको सबै मतपरिणाम आइनसक्दै देउवा नेतृत्वको सरकारले जनताको ढाड सेक्ने गरी आइतबार इन्धनमा भारी रुपमा मूल्यवृद्धि गरेको छ ।
आइतबार मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो ।
नयाँ मूल्यअनुसार अब एक लिटर प्रेट्रोलको मूल्य १८० रुपैयाँ पर्नेछ । यस्तै मट्टितेल र डिजेलको मूल्य १६३ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्यासका लागि १८०० रुपैयाँ पर्ने आयल निगमले जनाएको छ ।