काठमाडौं नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने जनाएको छ ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ प्रधानन्यायाधीश जबराको राजीनामा आफूहरुको मुख्य सर्त रहेको बताउँदै विकृति, विसंगति र भ्रष्टाचारका पक्षपोषक प्रधानन्यायाधीश जबराबाट न्यायालयको गरिमा कायम हुन नसक्ने बताए ।
उनले आफूहरुको आन्दोलन न्यायालयको गरिमा कायम राख्नका लागि भएको बताए । तपाईं राजीनामा दिएर न्यायपालिकाको गरिमा राख्नुहोस् । राजीनामा दिनुहोस्, अध्यक्ष श्रेष्ठले भने, प्रहरी हस्तक्षेप गरेर हाम्रा साथीहरुलाई घाइते बनाउने तपाईंसँग वार्ता हुन सक्दैन । तपाईंसँग वार्ता गर्नु भनेको विकृति, विसंगति र भ्रष्टाचारको झन् संरक्षण हुन्छ । न्यायपालिकाको गरिमा कायम हुँदैन ।
उनले जनतालाई न्याय दिलाउनुपर्ने प्रधानन्यायाधीश भ्रष्ट्राचारको पक्ष पोषकको रूपमा उभिएको पनि बताए ।