काठमाडौं । गत बुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको विनासकारी भूकम्पबाट क्षति भएको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाएका छन् ।
बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्प कारण एक सय ५७ जनाको ज्यान गएको तथा हजारौं घर क्षतिग्रस्त भए पछिको अवस्थाका बारेमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो ।


