काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।
४० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा पत्नी आरजुसहित नेपाल वायु सेवा निगमको जहाजबाट दिल्ली उडेका हुन् ।
सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री नारायण खड्का लगायतले विमानस्थल पुगेर देउवालाई बिदाई गरेका छन् । नेपाली सेनाको टुकडीले प्रधानमन्त्रीलाई ब्याण्डबाजासहित सम्मानगारत अर्पण गरेको थियो ।
भारत पुगेपछि प्रधानमन्त्री देउवा स्थानीय समयअनुसार आज दिउँसो २ः५० मा भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।
आजै दिउँसो साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले होटल आईटीसीमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।