काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० बढेको छ ।
छापावाल सुन तोलामा एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुन प्रतितोला एक लाख १६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर भएर कारोबार भएको छ । चाँदी तोलामा एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


