काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन तोलामा एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य तोलामा एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


