काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा वार्ता जारी छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवासमा भेटवार्ता भइरहेको हो । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भइरहेको बताइएको छ। सरकारले पूर्णता नपाएको अलिको अवस्थामा शीर्ष नेताबीच भएको भेटघाटलाई निकै चासोका साथ हेरिएको छ ।


