काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल कसरी गर्ने भन्ने निर्णय गर्न सत्ता गठबन्धनका पाँच दलबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको छ।
अहिलेको सत्ता गठबन्धनमा सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समावादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आबद्ध छन्। जनमोर्चा सरकारमा भने सहभागी छैन।
उनीहरूबीच अहिले आसन्न स्थानीय तहको निर्वाचनमा आपसी तालमेल कहाँ कसरी गर्ने भन्ने विषयमा विस्तृत छलफल भइरहेको हो। गठबन्धनका शीर्ष नेतासहितको बैठक बिहान ९ बजेपछि सुरु भएको हो।