काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल आज बिहानै काठमाडौंको फोहोर ब्यवस्थापन गर्ने नुवाकोटको सिसडोल पुगेका छन्।
मेयर शाह निर्वाचित भएर सपथ नै नलिइकन अनुगमनका लागि सिसडोल र बञ्चरेडाँडा पुगेका थिए। त्यहाँ पनि उनले स्थानीयहरुसँग छलफल गरेका थिए ।
उनले फोहोरको ब्यवस्थापन नगरीकन खादा र माला समेत नलगाउने बताएका छन् ।
उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा समय समयमा अवरोध हुँदै आएको छ। स्थानीयले आफ्ना मागहरू पूरा नहुँदासम्म फोहोर व्यवस्थापन हुन नदिने भन्दै बेला बेलामा अवरोध गर्दै आएका छन्।