काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट रावलले राजीनामा दिएका छन्।
उनले कात्तिक ५ गतेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिने घोषणा गरेका थिए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै कात्तिक १० गते राजीनामा बुझाएका छन्।
उनले आफूमाथि अन्याय भएको बताउँदै १० बुँदे जसरी पनि लागू गरिनुपर्ने धारणा राख्दै आएका छन् ।